Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजना बेपत्ता

    पाँचथरमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजना बेपत्ता

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 2.3K
    SHARES

    पाँचथर । पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा पहिरोले घर पुरिँदा तीनजना बेपत्ता भएका छन् ।

    अविरल वर्षापछि माथिबाट खसेको पहिरोले घर पुर्दा दलबहादुर मगरको परिवारका तीनजना सदस्य बेपत्ता भएका हुन् ।



    पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा दलप्रसाद, ३८ वर्षीया बुहारी गोमा र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका छन् ।



    दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्धार गरेका थिए । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार