Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपालमा फेरि कोरोना संक्रमण बढ्यो, ‘होल्डिङ सेन्टर’ अझै निर्माण हुन सकेन

    नेपालमा फेरि कोरोना संक्रमण बढ्यो, ‘होल्डिङ सेन्टर’ अझै निर्माण हुन सकेन

    अनलाइन नेपाल
  • मंगलबार, २१ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् ।

    कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्‍न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन ।



    सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा कार्यक्रम नै रद्द गरिएको छ भने बाँकीको निर्माण कार्य अझै चलिरहेको छ ।



    २०७८ वैशाख १३ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत सीमाको विभिन्न आठ स्थानमा ‘होल्डिङ सेन्टर’ निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।

    प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित भएको कोभिड–१९ निर्देशक समितिको बैठकमा कोरोना सङ्क्रमणको सम्भावित खतराबाट बच्न तत्कालै सीमा नाकामा ‘होल्डिङ सेन्टर’ स्थापना गर्न उनले निर्देशन दिएका थिए ।

    यस्तो निर्देशन गत वर्षको पुस महिनामा दिइएको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार