Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अर्थमन्त्री शर्माले आज राजीनामा दिन सक्ने

    अर्थमन्त्री शर्माले आज राजीनामा दिन सक्ने

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 768
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि आज राजीनामा दिने संम्भावना रहेको छ ।

    सत्ताधारी नेताहरुबाटै राजीनामाको दबाब बढेपछि शर्माले आजै पदबाट राजीनामा दिनसक्ने जनाईएको छ ।



    अर्थमन्त्री शर्माले आज प्रतिनिधिसभाको बैठकमा आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको जनाईएको छ । अर्थमन्त्रीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच हिजो साँझ झण्डै एक घण्टा कुराकानी भएको थियो।



    हिजो बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुले मन्त्री शर्माको राजीनामा माग गरेका थिए। २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार