Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनार्दनका कारण अर्थका अर्का सचिव पनि विदामा बसे

    जनार्दनका कारण अर्थका अर्का सचिव पनि विदामा बसे

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । व्यापारीको योजनामा राजश्वको दर हेराफेर गरेको भन्दै चौतर्फी रुपमा आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माकै कारण अर्थ सचिवहरु धमाधम विदामा बस्न थालेका छन् ।

    बुधबार बिहान अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म मन्त्रालय नफर्किने भन्दै मुख्य सचिव शंकरदाश बैरागी र प्रधामन्त्री शेरबहादुर देउवालाई जानकारि गराएर विदामा बसेका छन् ।



    मरासिनी अनिश्चितकालका लागि विदमा बसेको केही घण्टा नवित्दै अर्थका अर्का सचिव पनि जिम्मेवारीबाट उम्किनका लागि विदेश भ्रमणमा निस्केका छन् । मन्त्रालय स्रोतका अनुसार राजश्व सचिव कृष्णहरी पुष्कर १५ दिने विदा स्विकृत गरेर घुमघामका लागि अष्ट्रिया निस्केका छन् ।



    बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठेपछि सचिवहरु समेत यसबाट उम्कने प्रयासमा लागेका छन् ।

    स्रोतका अनुसार राजश्वको दर हेराफेरमा सबैभन्दा ठूलो भूमिका सचिव पुष्करको नै थियो । राजश्व दर हेरफेरका लागि बजेट भाषणको अघिल्लो रात नेपालका सबैभन्दा धनाड्य व्यापारी विनोद चौधरीका कर्मचारी अर्थ मन्त्रालयभित्र प्रवेश गरेको खुलिसकेको छ ।

    यसबारेमा चौतर्फी आलोचना शुरु भएपछि अर्थमन्त्री शर्मा तनावमा परेका छन् भने मन्त्रालयभित्रको सीसीटीभी फुटेज समेत डिलिट गरिएको  छ । मन्त्रालयले उक्त दिनकाे फुटेज डिलिट भएकाे जनाइसकेकाे छ ।

    अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थमन्त्री शर्माकै मिलेमतोमा डिलिट गराइएको स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार