Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जनार्दन कारबाहीमा पर्ने भएपछि पूर्वअर्थमन्त्रीद्वय पौडेल र खतिवडामाथि छानविन गर्न माओवादी केन्द्रको माग

    जनार्दन कारबाहीमा पर्ने भएपछि पूर्वअर्थमन्त्रीद्वय पौडेल र खतिवडामाथि छानविन गर्न माओवादी केन्द्रको माग

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति बन्ने भएसंगै माओबादी केन्द्रले तत्कालीन अर्थमन्त्री युवराज खतिवडा र विष्णु पौडेलमाथि पनि छानबिन गर्न आग्रह गरेको छ ।

    एमालेले अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेपछि माओबादीले पनि यस्तो धारणा राखेको हो ।



    शर्मामाथि उठेको विषयमा छानबिन गर्न समिति गठन गर्ने भए यसअघिका अर्थमन्त्रीहरुमाथि पनि उठेका प्रश्नहरुबारे छानबिन गर्न समिति बनाउनुपर्ने माओबादीले सर्त अघि सारेको छ ।



    केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नुन आयात गर्न मोदी दुगडको कम्पनीलाई जिम्मा दिने निर्णय गरेपछि विरोध भएको थियो । त्यस विषयमा पनि छानबिन हुनुपर्ने माओबादीले प्रस्ताव गरेको हो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार