Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो

    काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 681
    SHARES

    काठमाडौं । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    उनीहरुको उपचार भइरहेको छ । हैजा सङ्क्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् ।



    हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।



    गएको असार दुई गते पहिलो पटक काठमाण्डौमा हैजा पुष्टि भएको थियो । घर र कार्यस्थलमा भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार