Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • तुलसीपुरबाट ब्राउन सुगरसहित चारजना पक्राउ

    तुलसीपुरबाट ब्राउन सुगरसहित चारजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 723
    SHARES

    दाङ । दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को ज्ञानज्योति टोलका २१ वर्षीय अर्जुन नेपाली, सुकौरा बस्ने २५ बर्षीय सागर गन्दर्भ, तुलसीपुर ५ बसपार्कका २३ वर्षीय सन्तोष विक र बसपार्क बस्ने २५ वर्षीय निर्मल घर्तीको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।



    उनीहरूको साथबाट ४९० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ । साथै नगद २३ हजार पनि बरामद भएको छ ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ६ स्थित शिवा शिखर कोलनी टोलमा ब्राउन सुगर बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक बखतबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ ६ बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

    पक्राउ परेका युवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार