Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतमा थप १६ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि

    भारतमा थप १६ हजार बढीमा कोरोना सङ्क्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 699
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा थप १६ हजार आठ सय ६६ जना कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न भागमा १६ हजार आठ सय ६६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा लगातार तीन दिनसम्म सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो । आइतबार २० हजार बढीमा सं‌क्रमण पुष्टि भएको थियो भने आज १६ हजार ८ सय ६६ जना सङ्क्रमित थपिएका छन्।



    हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ। तीमध्ये एक लाख ५२ हजार दुई सय सक्रिय सङ्क्रमित छन् । सोही अवधिमा १८ हजार एक सय ४८ सङ्क्रमणमुक्त भएका छन् ।



    योसँगै कोरोनाबाट सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार करोड ३२ लाख २८ हजार पाँच भन्दा बढी पुगेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरणअनुसार कोरोना सङ्क्रमणबाट ४१ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार