Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ब्राउन सुगरसहित भोजपुरबाट दुईजना पक्राउ

    ब्राउन सुगरसहित भोजपुरबाट दुईजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १० साउन २०७९
  • 795
    SHARES

    भोजपुर । भोजपुरमा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    लुकाई छिपाई ल्याएको तीन सय मिलिग्राम ब्राउन सुगरसहित हतुवागढी गाउँपालिका-८ का ४३ वर्षीय भक्तबहादुर थापा र २५ वर्षीय सुमित राईलाई प्रहरीले पक्राउ गरेको हो ।



    दुवै जनालाई धरानबाट भोजपुर घर फर्कने क्रममा हतुवागढी ९ हसनपुर गैरी गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।



    प्रहरी चौकी हसनपुरबाट खटिएको गस्ती टोलीले चेक जाँच गर्ने क्रममा उनीहरुको साथमा लागुऔषध फेला परेको हो । उनीहरुविरुद्ध लागुऔषध ओसारपसार कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको भोजपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार