Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अर्थमन्त्रीमा शर्माको पुनः नियुक्तिको विरोधमा संसद् भवनअगाडि प्रदर्शन, २५ जना भन्दाबढी पक्राउ

    अर्थमन्त्रीमा शर्माको पुनः नियुक्तिको विरोधमा संसद् भवनअगाडि प्रदर्शन, २५ जना भन्दाबढी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 831
    SHARES

    काठमाडौं । सरकार र राजनीतिक दलहरू जनताप्रति उत्तरदायी नभएको भन्दै काठमाडौंमा युथ कंग्रेस नामक समूहले प्रदर्शन गरेको छ ।

    विशेषगरी विवादास्पद प्रकरणमा मुछिएका जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिएको भन्दै उक्त समूहले प्रदर्शन गरेको हो ।



    संसद् भवनअगाडि निषेधित क्षेत्रमा समेत उनीहरूले प्रदर्शन गरेका थिए । करिब २५ जना जतिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसमा आवद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री शर्मामाथिको छानविन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार