Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रदीप ज्ञवालीको आरोप – बहुमतको आडमा अर्थमन्त्री शर्मालाई चोख्याउने काम भयो

    प्रदीप ज्ञवालीको आरोप – बहुमतको आडमा अर्थमन्त्री शर्मालाई चोख्याउने काम भयो

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 936
    SHARES

    रामेछाप । संसदीय विशेष समितिमा बहुमतको आडमा अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम भएको एमालेले आरोप लगाएको छ ।

    रामेछापमा जिल्ला स्तरिय प्रशिक्षणमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन विशेष समितिमा एमालेले असहमति जनाउँदै आएको बताएका हुन् ।



    संसदीय छानबिन समितिका सदस्य समेत रहेका ज्ञवालीले भने,‘छानविनको दायरामा रहेका व्यक्तिहरुको कल डिटेल र मोबाइल लोकेसन हेरौं भन्दा सत्ता पक्षीय सदस्य मान्नु भएन।



    बजेट निर्माण प्रक्रियामा संलग्न कर्मचारीहरुको भूमिकासहितको विवरण उपलब्ध भएन । यसले छानबिन कार्य गम्भीर रूपमा प्रभावित भएको छ। त्यसैले हामीले फरक मत राखेका छौं।’ छानबीनको क्रममा अर्थ मन्त्रालयका अधिकारीबाट पनि पर्याप्त सहयोग नपाएको ज्ञवालीले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार