Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

    नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । भारतीय राष्ट्रिय टिमका पूर्व अलराउण्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    प्रभाकरले भारतका लागि ३९ टेष्ट म्याच खेलेका छन् भने १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।



    नेपाल क्रिकेट संघ क्यानले सोमबार विज्ञप्ती जारी गर्दै प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । स्कटल्याण्डमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलेर फर्केपछि पुबुदु दासानायकेले पदबाट राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन थियो ।



    प्रभाकरले प्रशिक्षकको रुपमा अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षक रहेर काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार