Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा

    देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 849
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।



    उनले भने, ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दैछु । देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ ।’



    अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे ।

    सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार