Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना संक्रमण पुष्टि ,दुई जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना संक्रमण पुष्टि ,दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोभिडबाट ११ हजार ९८६ को मृत्यु भइसकेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।



    ३ हजार १६५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १६२ जना र एन्टिजेन विधिबाट १०१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    यही अवधिमा थप ५०१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३४ पुगेको छ ।

    देशभर थप १ लाख २७ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार