Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • झन्डै ५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, २ अर्ब ४३ करोडको कारोबार

    झन्डै ५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, २ अर्ब ४३ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 951
    SHARES

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार ५ दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो ।

    सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ ।



    कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ । आइतबार १ अर्ब ८७ करोडको कारोबार भएको थियो ।



    सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राधी विद्युत् कम्पनी र रिभर फल्स पावर लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ९ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

    सोमबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ९.९९ प्रतिशतले मूल्य घटेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्टसहितका कम्पनीको मूल्य पनि धेरैले घटेको छ । सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार