Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाकिस्तान १६ रनले विजयी

    नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाकिस्तान १६ रनले विजयी

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 696
    SHARES

    एजेन्सी । घरेलु टोली नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलमा भ्रमणकारी टोली पाकिस्तानले जित हात पारेको छ। मंगलबार सम्पन्न खेलमा पाकिस्तान १६ रनले विजयी भएको हो।

    रोटरड्याममा भएको खेलमा पाहुना टोली पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स्सले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन मात्र बनाउन सक्यो ।



    उसका लागि बिक्रमजित सिंह, स्कट एडवार्ड र टम कुपरले अर्धशतकीय पारी खेले । कप्तान एडवार्ड ७१ रनमा अविजित रहे । बिक्रमजित र कुपरले समान ६५ रन जोडे । पाकिस्तानका हरिस रउफ तथा नसिम शाहले समान ३/३ र मोहम्मद नवाज तथा मोहम्मद वासिमले समान १/१ विकेट लिए ।



    त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो । उसका फकर जमानले १ सय ९ रनको शतकीय तथा कप्तान बाबर अजामले ७४ रनको अर्धशतकीय पारी खेले ।

    नेदरल्याण्ड्सका लोगान भान विक तथा बास डि लिडीले समान २/२ विकेट लिए । भिभिएन किंग्माले १ विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको एकदिवसीय श्रृंखलामा १–० को अग्रता बनाएको छ । दुई देशबीचको दोस्रो एकदिवसीय क्रिकेट बिहिबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार