Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु

    अल्लु अर्जुनको फिल्म ‘पुष्पा द रुल’ को छायांकन सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौँ । सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा द राइज’को क्रेज दर्शकमा अझै कायमै छ । फ्यानहरु फिल्मको सिक्वेलको प्रतिक्षामा छन् । यस्तो अवस्थामा पुष्पाका फ्यानका लागि खुसीको खबर आएको छ ।

    फिल्म ‘पुष्पा द राइज’ को अपार सफलता पछि निर्माण समूहले फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा द रुल’ को छायांकन सोमबारदेखि सुरु गरेको हो ।



    छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता संघको घोषणाको भोलिपल्टै ‘पुष्पा २’ को सुटिङ सुरु भएको हो ।



    ‘पुष्पा’का निर्माताले इन्स्टाग्राममार्फत भारतकै प्रतीक्षित फिल्मको सुटिङ सुरु भएको उल्लेख गरेका छन् ।

    पुष्पा द राइजको सफलतापछि, निर्माताहरू पुष्प-२ लाई अझ भव्य स्तरमा रिलिज गर्न चाहेको बताएका छन् । जसका लागि फिल्मको बजेट बढाइएको छ । साथै चलचित्रलाई दर्शकले रुचाउनका लागि निर्माण पक्षले पटकथालाई धेरै समय दिएको छ । पुष्पा द रुल अर्को वर्ष डिसेम्बरसम्म बक्स अफिसमा रिलिज हुने अपेक्षा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार