Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘पुष्पा २’ को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

    ‘पुष्पा २’ को सुटिङ सुरु, डिसेम्बरमा रिलिज गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर तेलुगू ‘पुष्पा : द राइज’ सफल बनेपछि निर्माण समूह फिल्मको दोस्रो श्रृंखला ‘पुष्पा : द रुल’को छायांकनमा जुटेको छ । फिल्मको छायांकन सोमबारदेखि सुरु भएको छ ।

    छायांकनअघि मुहूर्त पूजाको आयोजना गरिएको थियो, जहाँ कास्ट एन्ड क्रिउ सहभागी रहे । फिल्म छायांकन सुचारु गर्ने तेलुगू फिल्म निर्माता संघको घोषणाको भोलिपल्टै ‘पुष्पा २’ को सुटिङ सुरु भएको हो ।



    कलाकारले दैनिक पारिश्रमिक नपाउने सहितका केही सर्तमा फिल्म सुटिङ सुरु भएको तेलुगू सञ्चारमाध्यमले जनाएका छन् । ‘पुष्पा’का निर्माताले इन्स्टाग्राममार्फत भारतकै प्रतीक्षित फिल्मको सुटिङ सुरु भएको उल्लेख गरेका छन् ।



    ‘पुष्पा : द राइज’ फिल्मको कथावस्तु यति हिट भयो कि पुष्पाले हिन्दी भाषामा १०० करोडको व्यापार गर्यो । विश्वभर यो फिल्मले ३ सय करोडभन्दा बढी कमाइ गर्यो । नेपालमा पनि पुष्पा फिल्मले निकै राम्रो ब्यापार गरेको थियो ।

    नेपालमा बिदेशी मुलको फिल्म सुल्तान पछि कमाईको मामलामा पुष्पा दोस्रोमा आउछ । पुष्पाले नेपालमा १२.६ करोड पैसा कमाउदा पहिलो नंबरको सुल्तानले १४.२ करोडको व्यापार गरेको थियो । पुष्पाको सफलता पछि अब फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार