Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मिटरब्याजी विरुद्ध आइजीपी सिंहको आक्रमक रणनीति, पक्राउ पर्दै डनहरु

    मिटरब्याजी विरुद्ध आइजीपी सिंहको आक्रमक रणनीति, पक्राउ पर्दै डनहरु

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंहले मिटरब्याजी विरुद्ध आक्रमक रणनीति अपनाएका छन् । मिटरब्याज लगाएर सर्वसाधरणलाई दुख दिने र आपराधिक लाभ लिने गिरोह विरुद्ध आइजीपी सिंह आक्रमक बनेका हुन् ।

    आइजीपी सिंहले मातहतका अधिकारीलाई मिटरब्याज लिने र सर्वसाधरणलाई दु:खदिनेहरुलाई पक्राउ गर्न निर्देशन दिएका छन् । देशभर मिटरब्याजबाट पीडित भएका २ हजार जना भन्दा बढीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।



    गृहमन्त्रालयद्गारा गठित कार्यदलले मिटरब्याजीलाई कारबाही गर्ने विषयमा अनुसन्धान गरिरहेको छ । ती सबै उजुरीलाई प्रहरीमा पठाउने गृहको तयारी छ ।



    आइजीपी सिंहकै निर्देशनमा प्रहरीले महोत्तरीका साहुकार अनिरुद्ध शाहलाई उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरीले जगदिश बानियाँलाई पक्राउ गरेको थियो । त्यस्तै सोमबार राती अर्का साहुकार लाल बहादुर खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं गोलढुंगाका लाल बहादुरले नवलपरासी बर्दघाट घर भएका मानबहादुर थापा र कुलबहादुर थापालाई मिटर ब्याज लगाएर ठगी गरेका थिए । त्यस्तै सोमबार नै काठमाडौं प्रहरीले मिटरब्याज लगाएर चर्को अशुली गर्ने आफूलाई गुण्डा नाइके समेत बताउने धिरज वलीलाई पक्राउ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार