Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एक्सनमा बालेन : एकैदिन काठमाडौंमा ४ ठाउँका संरचना भत्काइए

    एक्सनमा बालेन : एकैदिन काठमाडौंमा ४ ठाउँका संरचना भत्काइए

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा पास नगरी बनाइएका तथा नक्सा पास विपरीत बनाइएका संरचना भत्काउन थालेको छ । महानगरका मेयर बालेन्द्र साह आफैँ उपस्थित भएर अनधिकृत संरचना भत्काउन थालेका हुन् ।

    नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसल हटाएको तेस्रो दिनमै बुधबार मेयर बालेन सुन्धारा, न्युरोड, दरबारमार्ग र बबरमहल क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काउन र सम्बन्धित पक्षको जवाफ मागेका छन् ।



    संरचना भत्काउनुअघि सम्बन्धित पक्षको जवाफ माग्ने र ३५ दिन समय दिएको महानगरले बुधबार सुन्धरास्थित काठमाडौं मलको अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काएको छ ।



    बुधबार नै मेयर बालेनको उपस्थितिमा महानगरको टोलीले न्यूरोडस्थित आर बी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ ।

    यसैगरी बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतको भवनको नक्सा पास नभेटिएको भन्दै प्रमाणपत्र पठाउन पत्राचार गरेको महानगरले अदालतको अन्डरग्राउण्डमा आशंका गरेको हो ।

    बुधबार नै मेयर बालेन दरबारमार्ग पनि पुगेका छन् । दरबारमार्ग क्षेत्रमा सडकमै जथाभावी पार्किङ गरिएपछि मेयर बालेन सो क्षेत्रमा पुगेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार