Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्छ : मन्त्री चौधरी

    एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्छ : मन्त्री चौधरी

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.3K
    SHARES

    दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा स्थापित भएको बताएका छन् ।

    एकीकृत समाजवादी दाङले सोमबार घोराहीमा आयोजना गरेको पाचौँ पूर्ण बैठकमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।



    स्थानीय निर्वाचनबाट जनताले पार्टीलाई वैकल्पिक कम्युनिष्ट पार्टीका रुपमा स्वीकार गरिसकेको बताए ।



    मन्त्री चौधरीले भने, ‘ओली नेतृत्वको एमालेले संवैधानिक सर्वोच्चता र संसदीय प्रणाली माथि नै निरन्तर धावा बोलेकाले ऊ क्रमशः कमजोर बन्दै गइरहेको छ । स्थानीय निर्वाचनमा एकैचोटी ३३ प्रतिशतले ओरालो लागेको एमाले अबको संसदीय निर्वाचनबाट संकटग्रस्त स्थितिमा पुग्नेछ ।’

    स्थानीय चुनावबाट एमाले रेड जोनमा पुगेको र अब ऊसँग राप्रपा र सिके राउतको पार्टी बाहेक कोही पनि दल मिल्न नचाहने अवस्था सिर्जना भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार