Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

    मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 732
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मोरङ क्षेत्र नम्बर ३ बाट अभिनेत्री रेखा थापालाई उम्मेदवारका रूपमा सिफारिश गरेको छ ।

    अभिनेत्री समेत रहेकी नेत्री थापाले चुनावी अभियान समेत शुरू गरेकी छिन् ।



    उनको घर मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाको सलकपुरमा पर्छ ।



    मंगलवार मोरङको कानेपोखरीमा आयोजित सभामा बोल्दै थापाले चुनावी अभियानमा होमिन कार्यकर्तालाई आह्वान गरिन् ।

    मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ थापाको नाम सिफारिश भएको राप्रपा बेलबारीका अध्यक्ष नगेन्द्र कार्कीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार