Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उच्चस्तरीय तलब सुविधा आयोगका सदस्यहरूलाई नियुक्तिपत्र प्रदान

    उच्चस्तरीय तलब सुविधा आयोगका सदस्यहरूलाई नियुक्तिपत्र प्रदान

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 774
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब, भत्ता तथा पारिश्रमिक पुनरावलोकन गर्न बनेको उच्चस्तरीय तलब सुविधा आयोगका संयोजक तथा सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

    मंगलवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री शर्माले आयोगका संयोजक तथा दुई सदस्यलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।



    संयोजक पौड्यालसहित सदस्यहरू पूर्वसचिव विमल वाग्ले र नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।



    आयोगले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम बमोजिम राष्ट्रसेवक कर्मचारीहरूको तलबमान समायोजन गर्न सिफारिस गर्नेछ । त्यस्तै, नेपालका सम्पूर्ण श्रमिकहरूको पारिश्रमिक, सेवा तथा सुविधाका मापदण्डहरू पनि सिफारिस गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार