Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • पाँच दिने भ्रमणमा भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल आउँदै

    पाँच दिने भ्रमणमा भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल आउँदै

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपाल आउने भएका छन् ।

    आगामी आइतवार पाँच सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै उनी नेपाल आउन लागेका हुन् ।



    पाँच दिवसीय भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवम् छलफल,



    भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

    भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार