Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउँदै, यी हुन् एजेन्डा

    भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार नेपाल आउँदै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 885
    SHARES

    काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आइतबार नेपाल आउँदै छन् । नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान ग्रहण गर्न उनी आइतबार काठमाडौं आइपुग्न लागेका हुन् ।

    पाँचदिने भ्रमणमा उनले भारत सरकारले अघि ल्याएको अग्निपथ कार्यक्रम, सैन्य सहयोग र द्विपक्षीय सैन्य सम्बन्धका मुख्य तीन एजेन्डामा संवाद गर्ने बताइएको छ ।



    नरेन्द्र मोदी सरकारले भारतीय सेनामा अघि सारेको अग्निपथ कार्यक्रम नेपालले स्थगन गरेको छ ।



    नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने गोर्खा सैनिक भर्ती कार्यक्रमको प्रक्रिया स्थगित भएको हो । सेनाध्यक्ष पाण्डेको यो पहिलो नेपाल भ्रमण हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार