Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एडीबीलाई सहुलियतपूर्ण ऋण सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

    एडीबीलाई सहुलियतपूर्ण ऋण सहयोग गर्न अर्थमन्त्री शर्माको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 651
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक(एडीबी)लाई निजी क्षेत्रलाई प्रोत्साहित गर्न सहुलियतपूर्ण ऋण दिन आग्रह गरेका छन्।

    एडीबीका उपाध्यक्ष अशोक लाभासासँग छलफलमा अर्थमन्त्रीले सो आग्रह गरेका हुन्।



    अर्थमन्त्री शर्माले निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएको बताउँदै निजी क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताए।



    उनले नेपालले २०२६ सम्म अतिकम विकसित देशबाट स्तरोन्नति हुनका लागि समेत निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताए। उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नरहे पनि त्यसको मार खेपिरहेको भनाइ राखे।

    अर्थमन्त्री शर्माले ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा लगानी आवश्यक रहेको बताउँदै त्यसमा लगानी बढाउन एडीबीलाई आग्रह गरे।

    उपाध्यक्ष लाभासाले एडीबी नेपाल सरकार र नेपाली जनतासँग हातेमालो गर्न तयार रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार