Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, असोज ६ गतेसम्म आवेदन दिन पाइने

    एक लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुल्यो, असोज ६ गतेसम्म आवेदन दिन पाइने

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ ।

    एक लाख पन्ध्र हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ।



    जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ।



    यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।

    भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार