Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेप्से २१.३० अंकले बढ्यो, कारोबार रकम ९२ करोड २५ लाखमा सीमित

    नेप्से २१.३० अंकले बढ्यो, कारोबार रकम ९२ करोड २५ लाखमा सीमित

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 744
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २१ अंकले बढेको छ । एक सातापछि आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको हो ।

    गत साताको सोमबारदेखि निरन्तर ओरालो लागको नेप्से आज २१.३० अंकले बढेको छ । अघिल्लो साताको आइतबारदेखि गत सोमबारसम्म करिब ६५ अंकले घटेको थियो ।



    नेप्से आज १.११ प्रतिशतले बढेर १९३४.०४ को बिन्दुमा पुगेको छ ।



    आज २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ ।

    आज सेन्सेटिभ इन्डेक्स पनि १.०३ प्रतिशतले बढेर ३७६.१७ बिन्दु पुगेको छ । कारोबारमा आएका १३ समूहगत सूचक पनि बढेका छन् ।

    आज फाइनान्स समूह सर्वाधिक २.१३ प्रतिशतले बढेको छ । यस्तै, बैकिङ समूह ०.८४ प्रतिशत, विकास बैक १.७५ प्रतिशत, होटल तथा पर्यटन समूह १.१६ प्रतिशत, हाइड्रोपावर समूह ०.९७ प्रतिशत र लगानी समूह १.५७ प्रतिशतले बढेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार