Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • च्याम्पियन्स लिग : बार्यन म्युनिखसँग बार्सिलोना पराजित

    च्याम्पियन्स लिग : बार्यन म्युनिखसँग बार्सिलोना पराजित

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 675
    SHARES

    एजेन्सी । यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोना बार्यन म्युनिखसँग हारेको छ ।

    गएराति भएको खेलमा बार्सिलोना बार्यनसँग २–० गोल अन्तरले पराजित भएको हो ।



    मंगलबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । भने दोस्रो हाफमा बार्यनले दुई गोल थपेको हो ।



    बार्यन म्युनिखको जितमा लुकास हर्नान्डेज र लेरोय सानेले एकएक गोल गरे ।

    योसँगै लगातार दुई जित निकालेको बार्यन समूहको शीर्षस्थानमा छ भने समान ३ अंक जोडेका बार्सिलोना र इन्टर मिलान दोस्रो र तेस्रो स्थानमा छन्। लगातार दुई खेलमा पराजय ब्यहोरेको इन्टर मिलान अंकविहीन रहँदा तालिकाको पुछारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार