Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • शुक्रबार १४ अंकले नेप्से घट्दा ९० करोडको कारोबार

    शुक्रबार १४ अंकले नेप्से घट्दा ९० करोडको कारोबार

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 579
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

    शुक्रबार नेप्से परिसुचक १४ दशमलव १० अंकले घटेर १९१० दशमलव ३८ विन्दुमा थामिएको हो ।



    त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २३ अंकले घटेर ३७१ दशमलव ९० विन्दुमा रोकिएको छ ।



    यसैगरी, आज २२० कम्पनीको ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँ बराबरको २९ लाख १६ हजार २७१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ ।

    असारदेखि सातमा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार