Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कैलालीमा एक हजार बढी घर डुबानमा

    कैलालीमा एक हजार बढी घर डुबानमा

    अनलाइन नेपाल
  • शनिबार, १ असोज २०७९
  • 825
    SHARES

    धनगढी । अविरल वर्षापछि आएको बाढीले कैलालीमा करिब १ हजार बढी घर डुबानमा परेका छन् ।

    जिल्लाको भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हुन् ।



    जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र बाढीले प्रभावित भएको छ ।



    जिल्लास्थित मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेका हुन् ।

    नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार