Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अनशनरत डा. केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

    अनशनरत डा. केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 780
    SHARES

    काठमाडौं । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारी पक्षबीचको आजको वार्ता पनि निष्कर्षविहीन टुंगिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको दोस्रो चरणको वार्ता पनि बिना निष्कर्ष सकिएको हो । तर, वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरूबारेमा छलफल भएको बताइएको छ ।

    यसअघि दुई पक्षबीच हिजो पहिलो चरणको वार्ता भएको थियो । दुई पक्षबीच भोलि फेरि छलफल हुने तय भएको छ ।स्वास्थ्य क्षेत्रको सुधारका लागि भनेर विभिन्न सात बुँदे माग राखेर ९ दिनदेखि डा. केसी धनगढीमा अनशनरतमा छन् ।



    डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिलतातर्फ गइरहेको उपचारका संलग्न चिकित्सकहरूले बताएका छन् । आज डाक्टर केसीलाई काठमाडौं ल्याउन भनी धनगढी गएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ । डाक्टर केसीले आफूले काठमाडौं नजाने भनेपछि सेनाको हेलिकप्टर फिर्ता भएको हो।



    जिल्ला प्रशासन कार्यालय कैलालीले डाक्टर केसीको स्वास्थ्य अवस्थामा जटिलता आएको भन्दै गृह मन्त्रालयलाई हेलिकप्टरमार्फत काठमाडौं लगिदिन अनुरोध गरेपछि मंगलबार दिउँसो नेपाली सेनाको हेलिकप्टर डाक्टर केसीलाई लैजान धनगढी आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार