Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

    बँदेलको मासुसहित होटल सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 744
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । जङ्गली बँदेलको मासुसहित कञ्चनपुरमा होटल सञ्चालक पक्राउ परेका छन् ।

    बिहीबार जङ्गली बँदेलको मासु फ्रिजमा राख्दै गरेका अवस्थामा को शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित लोकप्रिय होटलका सञ्चालक रमेश रावल पक्राउ परेका हुन् ।



    उनलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको हो। होटलमा जङ्गली बदेलको मासु बिक्री वितरण भइरहेको सूचनाका आधारमा १० किलो मासुसहित रावललाई पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए ।



    मासु परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइने उनले बताए । परीक्षणको रिपोर्टका आधारमा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही गरिने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार