Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अछाम-१ बाट भीम रावल एकल उम्मेदवार सिफारिस भएपछि अध्यक्ष ओलीको चासो

    अछाम-१ बाट भीम रावल एकल उम्मेदवार सिफारिस भएपछि अध्यक्ष ओलीको चासो

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता भीम रावलबारे चासो राखेका छन् । रावल अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा एकल सिफारिस भएकोप्रति पार्टीको सुदूरपश्चिमका नेताहरूसँग अध्यक्ष ओलीले चासो व्यक्त गरेका हुन् ।

    आफ्नो निवास बालकोटमा सोमबार पुगेका अछाम जिल्लासहित एमाले सुदूरपश्चिमका नेताहरूसँग ओलीले रावलको गतिविधिबारे चासो राखेका थिए । सोमबार साँझ ओलीलाई भेट्न पुगेका प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीले भेटमा अध्यक्ष ओलीले रावलको सिफारिसबारे चासो व्यक्त गरे ।



    सोमबार साँझ अध्यक्षसँग भेट भएको र समग्र जिल्लाको अवस्थाबारे चासो व्यक्त गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहोराले जानकारी दिए । ‘कसरी चुनाव जित्न सकिन्छ भन्नेबारे उहाँको चासो थियो । पार्टीले प्रक्रियागत रुपमा तल्लो कमिटीबाट उम्मेदवार सिफारिस भएर आएको छ । उहाँले चुनाव लड्ने वा नलड्नेबारे के हो भनेर चासो राख्नुभयो । लामो समयदेखि रावल कमरेडसँग आफ्नो संवाद नभएको भन्ने उहाँको जिज्ञासा रहेको थियो,’ उनले भने ।



    आफ्नो दबाबलाई अस्वीकार गर्दै आफूविरूद्ध निर्वाचन लडेकोमा ओली रावलसँग आक्रोशित बनेका छन्। करिब ४५ मिनेटसम्म भएको छलफलमा अधिकांश समय रावलको उम्मेदवारीको विषयमा अध्यक्ष ओलीले सोधखोज गरेका थिए । अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय र जिल्ला हुँदै प्रदेश कमिटीले अछाम-१ बाट रावल र अछाम( २ बाट यज्ञ बोगटीलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।

    रावल २०७४ मा त्यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी सोही क्षेत्रबाट २०५१ र २०७० सालमा समेत निर्वाचित भएका थिए। २०५६ सालमा भने रावल पराजित भएका थिए। २०६४ सालमा उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार