Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • उत्तर कोरियाले गर्‍यो दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

    उत्तर कोरियाले गर्‍यो दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

    अनलाइन नेपाल
  • बिहिबार, १३ असोज २०७९
  • 813
    SHARES

    फाइल तस्विर

    एजेन्सी । उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको छ ।

    दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) का अनुसार दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेको दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको छ ।



    उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।



    सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार