Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुद : तीन राष्ट्रिय कीर्तिमानसहित भारोत्तोलनमा तारालाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : तीन राष्ट्रिय कीर्तिमानसहित भारोत्तोलनमा तारालाई स्वर्ण

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 591
    SHARES

    पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तीन राष्ट्रिय तारादेवी पुनले भारोत्तोलनमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

    पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।



    उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरिन् । यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो ।



    उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

    महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन् ।

    सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य जितिन् । उनले स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार