Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मिर्गौला प्रत्यारोपण प्रकरण : वीर अस्पतालले बिरामीको सबै उपचार नि:शुल्क गर्ने सहमति

    मिर्गौला प्रत्यारोपण प्रकरण : वीर अस्पतालले बिरामीको सबै उपचार नि:शुल्क गर्ने सहमति

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 1K
    SHARES

    Bir Hospital

    काठमाडौं । वीर अस्पतालको मिर्गौला प्रत्यारोपण घटनामा अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ ।

    बिहीबार अस्पतालमा भएको छलफलमा बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने अस्पताल र बिरामी पक्षबीच सहमति भएको हो ।​



    यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको अस्पतालले जनाएको छ ।



    मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेका थिए ।

    अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ ।

    उनीहरुले ५८ वर्षीया महिलाको निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका थिए ।​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार