Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ भोलिबाट रिलिज हुँदै

    नेपालमा सुटिङ भएको बलिउड फिल्म ‘उचाई’ भोलिबाट रिलिज हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’ भोलिबाट नेपालमा पनि रिलिज हुने पक्का भएको छ ।

    वुधबारसम्म यो फिल्म नेपाल भित्रिने वा नभित्रिने पक्का भएको थिएन । तर, ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपालमा वितरण गर्ने भएको हो ।



    यो फिल्ममा नेपालका प्राविधिक, केही कलाकार र नेपालकै उपकरणहरुको प्रयोग गरिएको छ । बलिउड फिल्म भएपनि यो फिल्मले नेपाललाई विश्वमाझ चिनाउने अपेक्षा गरिएको छ ।



    फिल्मलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् । यो फिल्मको लाइन प्रोड्यूसरमा नेपालको चर्चित फिल्म निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मस् रहेको छ ।

    सुरज बर्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । ४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो फिल्मलाई निर्माण गरिएको छ ।

    नेपालको कथावस्तु समेत रहेकाले फिल्मले नेपाली बजारमा समेत राम्रो कमाइ गर्न सक्ने अपेक्षा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार