Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दीपिकाले लगाएको पहिरनको रंगलाई लिएर भारतमा हंगामा

    दीपिकाले लगाएको पहिरनको रंगलाई लिएर भारतमा हंगामा

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ एकपटक फेरि सामाजिक सञ्जाल प्रयोगकर्ताको आक्रमणमा परेको छ।

    फिल्मको गीत इन्टरनेटमा भाइरल भएसँगै सामाजिक सञ्जालमा फिल्म बहिष्कारको माग उठ्न थालेको हो।



    दुईदिनअघि ‘पठान’ को पहिलो गीत ‘बेशर्म रंग’ रिलिज भएको थियो। गीतमा दीपिका पादुकोण र शाहरुखको रोमान्टिक केमेस्ट्री देखाइएको छ। भिडियोमा दीपिकाले ‘भगवा’ रंगको बिकिनी लगाएकी छिन्।



    खासमा अभिनेत्री दीपिका पादुकोण स्टारर फिल्म पठानको पनि अयोध्याको सन्त समाजले विरोध गरिरहेको छ ।

    हनुमानगढीका महन्त राजुदासले यो फिल्म जुन थिएटरमा देखाइयो, त्यही जलाउनुपर्ने बताएका छन । दुष्टसँग दुष्ट व्यवहार गर्नुपर्छ।

    यसमा शाहरुख र दीपिकाले बोल्ड सिन दिएका छन् । दीपिकाले बोल्ड भगवा रंगको पहिरन लगाएकोमा मात्रै विवाद छ ।

    भारतमा दीपिकाले पहिरिएको मोनोकोनी पहिरनलाई लिएर राजनीतिज्ञदेखि सर्वसाधारणले सम्म टिप्पणी गरेका छन् । बिकिनीको रङलाई लिएर सत्तारुढ भारतीय जनता पार्टी नेतासम्म आलोचनामा उत्रिएका छन् ।

    दीपिकाको पहिरनको रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग हुन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिए । दीपिकाको बिकिनी र पहिरनको रङले अपमान गरेको आरोप उनको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार