Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अक्षय कुमारको ‘ओ माइ गड २’ को रिलिज तत्कालका लागि रोकियो

    अक्षय कुमारको ‘ओ माइ गड २’ को रिलिज तत्कालका लागि रोकियो

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 876
    SHARES

    काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ को रिलिज तत्कालका लागि रोक्ने भएको छ ।

    केहि समयअघि विवादित बनेको आदिपुरुष जस्तै नहोस् भनेर सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो ।



    हिन्दूस्तान टाइम्सका अनुसार फिल्मको संवाद र दृश्यमा ध्यान दिंदै पुनः सेन्सर गर्ने भएको छ । भारतीय चलचित्र जाँच समितिको परिमार्जन समितिले पुनः एकपटक फिल्मलाई जाँच गर्ने निर्णय गरेको हो ।



    फिल्मलाई जाँच गरिसकेपछि आगामी अगस्ट ११ मा फिल्मलाई प्रदर्शन अनुमति दिने वा नदिने भन्नेबारे निर्णय गर्नेछ ।

    ११ वर्षपछि ‘ओएमजी’ अर्थात् ‘ओ माइ गड’को सिक्वेल बनेको हो। अमित राय निर्देशित चलचित्रमा अक्षय कुमार भगवान कृष्ण नभएर शिवको अवतारमा देखिएका छन्।

    यसअघि ओ माइ गडमा उनलाई भगवान कृष्णको रुपमा देखाइएको थियो। यस पटक भने चलचित्र शिव र उनको भक्तको चारैतिर घुमेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार