Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • चितुवाको आक्रमणबाट स्याङ्जामा तीनजना घाइते

    चितुवाको आक्रमणबाट स्याङ्जामा तीनजना घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 759
    SHARES

    फाइल फोटो

    स्याङ्जा । चितुवाको आक्रमणबाट स्याङ्जामा तीनजना घाइते भएका छन् । जिल्लाको वालिङ नगरपालिका-१२ का किसान न्यौपाने र – १४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते भएका हुन्।

    उनिहरुलाई नगरपालिका-१४ कफ्लेटीमा बिहान करिब ९ बजेतिर चितुवाले आक्रमण गरेको थियो। चितुवालाई घरभित्रै थुनेर राखिएको छ।



    कफ्लेटीस्थित खेतमा काम गरिरहेको अवस्थामा न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेको थियो।



    घरभित्र बसेका तुलसा र लक्ष्मीमाथि चितुवाले आक्रमण गरेको थियो। घाइते भएकी तुलसाको अनुहारमा गहिरो चोट लागेको छ भने न्यौपानेको छाती तथा पाखुरामा चोट लागेको छ ।

    घाइते तीनैजनालाई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइए प्रहरीले जनाएको छ।

    अहिले उक्त ठाउँमा स्थानीयवासी, प्रहरी र इलाका वन कार्यालय वालिङबाट टोली पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार