Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • निर्वाचन विथोल्न खोज्नेलाई गोली चलाउन आदेश पर्खिनु पर्दैन : आईजीपी सिंह

    निर्वाचन विथोल्न खोज्नेलाई गोली चलाउन आदेश पर्खिनु पर्दैन : आईजीपी सिंह

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् ।

    भोलि हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरुप कसैलाई पनि सोध्नु नपर्ने गरी सर्कुलर जारी गरिएको आईजीपी सिंहले बताएका हुन् ।



    आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा तथा मतपत्र/मतपेटिकको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने आईजीपी सिंहको भनाई छ ।



    सिंहले चुनाव विशेष परिस्थिति भएकाले यसलाई विथोल्न खोज्ने तत्वलाई रोक्न चार अवस्थामा सिधै गोली चलाउने आदेश दिइएको बताए ।

    उनका अनुसार निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीमाथि सांघातिक आक्रमण भए, निर्वाचन वा मतदान अधिकृतलाई आक्रमणको अवस्था आए, मतपत्र वा पेटिका च्यात्ने वा फोड्ने परिस्थिति भए नसोधी गोली चलाउन सक्ने गरी निर्देशन जारी गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार