Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बलात्कारपछि महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ

    बलात्कारपछि महिलाको हत्या गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 819
    SHARES

    फाइल फोटो

    चितवन । बलात्कारपछि महिलाको हत्या गरेको आरोपमा चितवनमा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोरखा सिरानचोक घर भएका हाल भरतपुर महानगरपालिका-२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार रहेका छन् ।



    उनका अनुसार निर्वाचनको मतदानका दिन आइतबार बिहान ६ बजे तिर भरतपुर-२ दुर्गामन्दिर चोकको प्रतिक्षालय पछाडी हाट बजार लाग्ने कम्पाउण्डसहितको चौरमा ५५/६० वर्षको महिलाको शव फेला परेको थियो ।



    अवस्था हेर्दा हत्या गरेको आशंका बढेपछि प्रहरीले स्थानीयसँग सोधपुछ र ती ठाउँमा जडान भएका सीसी क्यामेराका फुटेज हेरेर घटनामा संलग्न भएका हुन् सक्ने व्यक्तिको पहिचान गरेको थियो ।

    घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार