Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सशस्त्रमा आइजीपीका निकटस्थलाई ठेक्का दिन चलखेल, अर्कैको कम्पनी प्रयोग

    सशस्त्रमा आइजीपीका निकटस्थलाई ठेक्का दिन चलखेल, अर्कैको कम्पनी प्रयोग

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी राजु अर्यालले आफ्ना निकटस्थ एक ठेकेदारलाई अर्कैको कम्पनीबाट बोलपत्र पेश गर्न लगाई ठेक्का दिन एआइजी नारायण दत्त पौडेललाई निर्देशन दिएको खुलेको छ ।

    सशस्त्रले हालै टेण्डर गरेका चुस्ता, बुट, पार्का ज्याकेटलगायतका बिभिन्न सामानमध्ये ७ हजार पिस पन्चु (रेनकोट) ठेक्का आफू निकटका एक ठेकेदारलाई दिलाउन आइजीपी अर्यालले निर्देशन दिएका हुन् ।



    आफू निकटका ठेकेदारको कम्पनीको अनुभव र योग्यता नपुगेकाले आईजीपी अर्यालले अर्काको कम्पनीबाट उनलाई काम दिन निर्देशन दिएका छन् ।



    आईजीपी अर्यालले टोपेन्द्र बीसीको तेजसम कम्पनीलाई ठेक्का दिलाउन निर्देशन दिएका हुन् । यद्यपी उक्त ठेक्का भने टोपेन्द्रले नभई अर्याल निकटका एक ठेकेदारले पाउने स्रोतको दावी छ ।

    आइजीपी राजु अर्यालसँग निकटता देखाउँदै सशस्त्रका ठेक्कामा प्रभाव जमाउन थालेकाे उक्त कम्पनीले तेजसमको नाममा ७ हजार पीस पन्चुको टेण्डर पाउने भएकाे हाे ।

    आइजीपी राजु अर्यालले प्रशासन विभागका एआइजी नारायणदत्त पौडेललाई तेजसमलाई नै पन्चुको ठेक्का दिन निर्देशन दिएका छन् ।

    आइजीपी अर्यालबाट सशस्त्रका खरिदको अख्तियारी पाएका एआइजी पौडेलले ठेकेदार बीसीलाई बोलाएरै पन्चुको ठेक्का दिलाउने आश्वासन दिएको स्रोतको दावी छ । केही दिनभित्र खोल्न लागेको टेण्डरमा बीसीको कम्पनी तेजसमले पन्चुको टेण्डर पाउने गरी निर्णय एआइजी पौडेलले गर्दैछन् ।

    त्यसो त आईजीपीका विश्वासपात्रलाई ठेक्का दिलाउन आफ्नो कम्पनी प्रयोग गर्न दिएका बीसीलाई एआईजी नारायणदत्त पौडेलले ३७ हजार सेट चुस्ताको ठेक्का दिनेगरी सेटिङ मिलाइसकेका छन् । ३७ हजार सेट चुस्ताको करिब १३ करोड रुपैयाँको ठेक्का बीसीले पाउने गरी सेटिङ भइसकेको स्रोत बताउँछ ।

    टेलिकमका कर्मचारी टोपेन्द्र बीसीले सालाका नाममा कम्पनी खोलेर सेना, प्रहरी र सशस्त्रमा ठेक्कापट्टाको काम गर्दैआएका छन् ।

    सशस्त्रले ३७ हजार सेट चुस्ता, ३५ हजार जोर बुट, ३० हजार मिटर कटन सर्ट, २० हजार मिटर कटन पाइन्ट, ५ हजार थान म्याट्रेस (ओछ्याउने) १० हजार जोर स्वीटर, ७ हजार थान पन्चु, ५ हजार थान झु्ल, बेल्ट, पार्का ज्याकेट, अन्डरभेष्ट ट्राउजर, टोपी, ब्यारेट क्याप लगायतका टेण्डर गरेको छ । यीमध्ये चुस्ताको ठेक्का बीसीको समूहलाई दिनेगरी सेटिङ भइसकेको स्रोतको दाबी छ ।

    शैलेन्द्र खनाल आइजीपी हुँदा ज्ञानेन्द्र बस्नेतको समूहले गुणस्तर विभागसम्म सेटिङ गरी चुस्ताको ठेक्का पाएको थियो । जुन चुस्ता गुणस्तरहीन भएकाले धुनासाथ खुइलिएको गुनासो आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार