Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ८ वर्षीया गुञ्जनले जितिन् ‘झलक दिखला जा’ को ट्रफी

    ८ वर्षीया गुञ्जनले जितिन् ‘झलक दिखला जा’ को ट्रफी

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 609
    SHARES

    एजेन्सी । चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।

    विजेता बनेपछि मिडियासँग कुरा गर्दै गुञ्जनले अब डान्ससँगै पढाइ पनि अगाडि बढाउने बताइन् ।



    उनले भनिन्, ‘शोको ट्रफी जित्न पाउँदा म धेरै खुसी छु ।  मेरो आमाबाबुले म प्रति गर्व महसुस गर्नुहुनेछ । यो भन्दा ठूलो के हुन सक्छ।’



    गुन्जनसँगै टिभी अभिनेत्री रुबिना डिलाइक र फैसल शेख पनि शीर्ष ३ भित्र पुगेका थिए । रुबिना र फैसलको साथ र उत्प्रेरणाले आफुले शो जित्न सफल भएको गुञ्जनले बताएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार