Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भीम रावललाई बालेनको जवाफ – अमेरिकी राजदूत अनुमति लिएरै भेट्न आउनु भएको हो

    भीम रावललाई बालेनको जवाफ – अमेरिकी राजदूत अनुमति लिएरै भेट्न आउनु भएको हो

    'तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन’

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका नेता डा. भीम रावललाई जवाफ फर्काएका छन् । बालेनले बिहीवार अमेरिकी राजदूत डी आर. थम्पसनसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका थिए ।

    सोही प्रश्नको जवाफमा प्रमुख बालेनले अमेरिकी राजदूतले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर नै आफूहरुसँग भेट गरेको स्पष्ट पारे । उनले लेखेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।’



    साथै उनले हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर नभएको बताए ।



    ‘उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ,’ उनले समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार