Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • रुपन्देही – २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

    रुपन्देही – २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1.3K
    SHARES

    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुनः मतदानको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

    पौडेलले रुपन्देही–२ मा निर्वाचन अधिकृतको कार्यालयले अनियमित रूपमा विष्णु पौडेललाई निर्वाचित भएको घोषणा गरिएको मतपरिणाम बदर गरी पुनः मतदान तथा मतगणनाको माग गरेका हुन् । सर्वोच्च प्रशासनका अनुसार पौडेलको निवदेन पेस भए पनि दर्ता हुन भने बाँकी छ ।



    पौडेल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसंग १ हजार ३७० मतान्तरले पराजित भएका थिए । पौडेल २७ हजार १ सय ६५ मत ल्याई विजयी हुँदा पौडेलले २५ हजार ७ सय ९५ मत ल्याएका थिए । त्यस्तै तेस्रो स्थानमा रहेका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले २२ हजार २७ मत ल्याएका थिए ।



    पौडेलले निवेदनमा आफूहरूलाई मतगणनास्थलमा प्रवेश निषेध गरी कर्मचारीले विष्णु पौडेललाई विजेता घोषणा गरेको उल्लेख गरेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार