Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

    बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 690
    SHARES

    काठमाडौं । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ ।

    स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।



    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा.डा. दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताए ।



    बीमितसँग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संशोधन गर्न लागिएको जानकारी दिँदै उनले ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिले थप शुल्क बुझाउनु नपर्ने बताए ।

    सरकारले स्वास्थ्य बीमा तिरिदिएका बिरामीलाई पनि थप शुल्क नलाग्ने जानकारी दिँदै उनले अनावश्यक परीक्षणलाई रोक्नका लागि थप शुल्कको व्यवस्था गर्न लागिएको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार