Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • स्वास्थ्य बीमा आफैँ बिरामी

    स्वास्थ्य बीमा आफैँ बिरामी

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 759
    SHARES

    काठमाडौं । स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् ।

    मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबापत प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि हैरान भएर सेवा नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अस्पतालका पदाधिकारीको भनाइ छ ।



    स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई समयमा भुक्तानी दिन सकेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बीमा बोर्डले नियमित उपचार खर्च नदिँदा यही असार १५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ ।



    धुलिखेल अस्पतालले पनि बीमा बोर्डबाट २५ करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएकाले सेवा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।

    त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले बीमा बोर्डबाट अझै १० करोड रुपियाँभन्दा बढी रकम लिनुपर्ने भएको बताउँदै बीमा कार्यक्रम राम्रो भए पनि बाध्यताले यसको सेवा बन्द गर्नुपरेको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार