Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुने

    राष्ट्रिय बीमा संस्थान एक वर्षभित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुने

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाबाट बीमा विधेयक, २०७९ पारित भएसँगै बीमा संस्थान पब्लिक लिमिटेडमा परिणत हुने भएको छ।

    राष्ट्रिय बीमा संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण हुने भएको हो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ को खारेजसँगै अब बीमा विधेयक, २०७९ लागू हुने भएको छ ।



    अन्य बीमा कम्पनीहरु बीमा ऐन, २०४९ अनुसार सञ्चालनमा रहेपनि एक मात्र राष्ट्रिय बीमा संस्थान बीमा विधेयक, २०२५ अनुसार सञ्चालनमा रहँदै आएको छ ।



    तर, आइतबारको प्रतिनिधिसभाको बैठकले सो बीमा विधेयक खारेज गर्दै बीमा विधेयक, २०७९ लागू गर्न सर्वसम्मत निर्णय पारित गरेको हो ।

    योसँगै अब राष्ट्रिय सभाबाट सो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू हुनेछ ।

    विधेयक पारित भएसँगै विधेयकमा भएको व्यवस्था अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्र पब्लिक लिमिटेडमा रुपान्तरण हुनुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार